
काठमाडौँ – काठमाडौँको धापासीमा मंगलबार बेलुकी कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ३ वर्षीय श्रीयन पाण्डे रहेका छन्।
कारको ठक्करबाट गम्भीर घाइते बालकको उपचारका क्रममा राति साढे ९ बजे धापासीस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
सडकमा खेल्दै गरेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा १७ च ५०२२ नम्बरको कारले ठक्कर दिएको थियो।
कारसहित चालकलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ।