मिलिमिटर तरङ्ग भएको सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणाली विकास गरेको चिनियाँ वैज्ञानिकहरुको दावी

मिलिमिटर तरङ्ग भएको सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणाली विकास गरेको चिनियाँ वैज्ञानिकहरुको दावी
+
-

बेइजिङ – चिनियाँ अनुसन्धानकर्ताहरूले सूर्यको बाहिरी भागको फुटेको क्षेत्रमा रहेको चुम्बकीय अवस्थाका बारेमा अनुपम जानकारी दिन मिलिमिटर तरङ्गयुक्त सौर्य रेडियो स्पेक्ट्रम अवलोकन प्रणालीको विकास गरेको बुधबार चाइना साइन्स डेलीले उल्लेख गरेको छ।

अधिकांश सौर्य रेडियो सूक्ष्मदर्शक यन्त्रहरू १८ गेगाहर्जभन्दा तल सञ्चालन हुन्छन् र माइक्रोवेभ स्पेक्ट्रमको पूर्ण आवृत्तिबारे थाहा पाउन सक्दैनन्।

शेन्डोङ विश्वविद्यालयका अनुसन्धाताहरूले ३५–४० गेगाहर्जमा सञ्चालन हुने उच्च आवृत्ति भएको माइक्रोवेभ स्पेक्ट्रम अवलोकन प्रणाली विकास गरेको बताएका हुन्।

सौर्य ज्वाला अन्तरिक्ष मौसमको मुख्य विनाशकारी स्रोत हो। सौर्य प्रज्वलन र कणहरूको गतिबारे अनुसन्धानका साथै अन्तरिक्षमा हुने विपद्को प्रारम्भिक चेतावनी र पूर्वानुमानका लागि यो प्रणाली लागू गर्न सकिन्छ।

एस्ट्रोफिजिकल जर्नलमा हालै प्रकाशित अनुसन्धान लेखका अनुसार यस प्रणालीले २५औँ सौर्य चक्रमा माइक्रोवेभ विस्फोट अध्ययनमा महत्वपूर्ण भूमिका खेल्ने आशा गरिएको छ। –रासस/सिन्ह्वा

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष