५४ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउँदै भारत

५४ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउँदै भारत
+
-

देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एनडी टीभीले जनाएको छ।

स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन्।

देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भन्दै गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिक टक, वीच्याट र हेलोमाथि प्रतिबन्ध लगाएको थियो।

सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिब ३०० एप्सहरुमाथि भारतमा प्रतिबन्ध लगाइएको छ। पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष