
भक्तपुर – नेपाली कांग्रेस भक्तपुरका पुराना नेता ८७ वर्षीया तिलकप्रकाश कायस्थको नयाँ पुस्तक सार्वजनिक भएको छ।
यसअघि १२ वटा पुस्तक प्रकाशन गरिसकेका उनको १३ औं पुस्तक ‘झुक्न नजानेका राष्ट्रवादी नेता बीपी कोइराला’ सार्वजनिक भएको हो।
कांग्रेस नेता एवं साहित्यकार बलदेव शर्मा बजगैयाँले शनिबा र एक कार्यक्रमबीच कायस्थको पुस्तक सार्वजनिक गरेका छन्।
पुस्तकमा भारत र नेपालबीचका सम्बन्ध र बीपीको विषयमा धेरै जानकारी समेटिएको छ। भारतबाट कसरी नेपाली राजनेताहरु प्रताडित भए र भारतको नेपालप्रतिको दृष्टिकोणबारे पुस्तकमा उल्लेख गरिएको छ।
बीपीको विषय र नेपाल भारतको सम्बन्ध आजसम्म पनि थिचोमिचोमा रहेको लेखक कायस्थलले बताए। ‘त्यसबेला बीपीलाई भारतले किन लखेट्यो र अझैसम्म नेपाली नेतालाई किन लखेट्दै छ भारत भन्ने विषयमा धेरै कुरा पुस्तकमा समेट्न खोजेको छ’, उनले भने, ‘पुस्तकमा दरबार, भारत र नेपालमा प्रजातन्त्रको लागि लड्ने नेताहरुबीचको सम्बन्ध, भारतले उक्त समयदेखि नै किन नेपाललाई आफ्नो अधिनमा राख्न खोज्यो भन्नेबारे केही उल्लेख गरेको छु।’
पुस्तक सार्वजनिक गर्दै साहित्यकार मजगैयाँले नेपालमा हालसम्म भारतले गर्दै आएको परराष्ट्र नीतिको विषय पुस्तकले समेट्ने प्रयास गरेको जानकारी दिए। ‘नेपाललाई भारतले कसरी किन आफ्नो अधिनमा नै राख्न खोज्यो, चीनसँगको सम्वन्ध र भारतको सम्वन्धमा यस पुस्तकमा ठूलो समीक्षा गर्न खोजिएको पाएँ’, उनले भने।
भारतको उक्त समयको नीतिदेखि हाल एमसीसी र अन्य विभिन्न सन्धिसम्झौताबारे बुझ्न पुस्तकले सहयोग गर्ने उनको भनाइ छ। ‘नेपालको विकासदेखि परराष्ट्र नीतिमा हुने भारतको हस्तक्षेपबारे जान्न यस पुस्तकले ठूलो मद्दत गर्छ’, नेता मजगैयाँले भने।
पुस्तक सार्वजनिक कार्यक्रममा सुर्वण स्मृति प्रतिष्ठानका अध्यक्ष उद्धव ढुंगाना, पूर्वसांसद लेखनाथ न्यौपाने, एकीकृत समाजवादीका नेता ओमचरण अमात्य, नेपाल साहित्य मन्दिरका अध्यक्ष अगिब बनेपाली, विराट नेपालभाषा साहित्य सम्मेलनका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यलगायतले लेखक र पुस्तकबारे चर्चा गरेका थिए।
पुस्तक तिशा ट्रष्टले प्रकाशन गरेकाे हाे।