सहकारी ठगी गरेको आरोपमा संस्थाका अध्यक्ष र उपाध्यक्ष पक्राउ

सहकारी ठगी गरेको आरोपमा संस्थाका अध्यक्ष र उपाध्यक्ष पक्राउ
+
-

काठमाडौँ – प्रहरीले सहकारीको ६ करोड २५ लाख ठगी गरेको आरोपमा संलग्न सहकारीकै अध्यक्ष र उपाध्यक्षलाई पक्राउ गरेको छ।

काठमाडौँ महानगरपालिका ३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरज बस्नेत र उपाध्यक्ष शिव पाण्डेलाई पक्रेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोका अनुसार निक्षेपकर्ता सदस्यहरुले संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको ६ करोड २५ लाख रुपैयाँ सहकारीका सञ्चालकहरुले हिनामिना गरी आफूखुसी सहकारी संस्थाको खातामा नराखी आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखेको भन्दै प्रहरीमा जाहेरी परेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

जाहेरीमा अध्यक्ष बस्नेत र उपाध्यक्ष पाण्डेले १५ जना निक्षेपकर्ताहरुको ६ करोड २५ लाख रुपैयाँ दुरुपयोग गरी भुक्तानी फिर्ता माग्दा निजहरुले सहकारी संस्थामा ताला लगाई फरार रही सहकारी ठगी कार्यमा संलग्न रहेको उल्लेख छ। सोही जाहेरीको आधारमा प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही भइरहेको व्युरोले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?