युक्रेन युद्ध

नेटोको आलोचना गर्दै जेलेन्स्कीले भने–जति पनि मृत्यु हुनेछ त्यसको कारक तिमीहरु हुने छौ

नेटोको आलोचना गर्दै जेलेन्स्कीले भने–जति पनि मृत्यु हुनेछ त्यसको कारक तिमीहरु हुने छौ
+
-

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा सैन्य गठबन्धन नेटोको पछिल्लो निर्णयको गम्भीर निन्दा गरेका छन् ।

नेटोले युक्रेनको हवाइ क्षेत्रलाई ‘नो–फ्लाइ जोन’ (उडान प्रतिबन्धित क्षेत्र) घोषणा गर्न युक्रेनले गरेको माग अस्वीकार गरेपछि जेलेन्स्कीले त्यसको आलोचना गरेका हुन् ।

शुक्रबार नेटोले युक्रेनको आग्रहका बाबजुद ‘पीडादायी’ निर्णय लिनु परेको भन्दै माग अनुसार उडान प्रतिबन्ध क्षेत्र घोषित नगर्ने जनाएको थियो ।

त्यसको आक्रोशित मुद्रामा प्रतिक्रिया दिँदै जेलेन्स्कीले नेटोका नेताहरुको आलोचना गरेका हुन् । किएभमा रहेको कार्यालयबाट बोल्दै जेलेन्स्कीले भनेका छन्, ‘आजदेखि जो कोही पनि यो युद्धका कारण मृत्यु हुनेछ, ती सबैको मृत्यु तिमीहरु (नेटो) का कारण हुनेछ । तिमीहरुको कमजोरी र तिमीहरुले एक्ल्याएका कारण हुनेछन् ती मृत्युहरु ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा गएको फेब्रुअरी २४ देखि रुसी सैनिकले युक्रेनमा आक्रमण गर्दै आएका छन् । रुसी आक्रमणका कारण युक्रेनका प्रमुख शहर लगातार निशानामा आएका छन् । सर्वसाधारणको मृत्यु भएको छ । भौतिक संरचनामा गम्भीर क्षति पुगेको छ ।

राष्ट्रपति जेलेन्स्कीले भनेका छन्, ‘नेटो सम्मेलन आज (शुक्रबार) भयो । निकै कमजोर सम्मेलन । अस्पष्ट वा भ्रमित सम्मेलन । यो सम्मेलनले युरोपमा स्वतन्त्रताको लडाईँ सबैको प्राथमिकता होइन भन्ने देखायो ।’

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपका विभिन्न क्षेत्रमा भएका प्रदर्शनलाई शुक्रबार सम्बोधन गरेका छन् । तस्बिर : गेट्टी इमेज

नेटो सदस्य राष्ट्रका सबै गुप्तचर निकायहरु शत्रु (रुस) को योजनाबारे जानकार रहेको बताउँदै जेलेन्स्कीले रुसले आक्रमण निन्तर गर्ने थाहा हुँदा हुँदै पनि उडान प्रतिबन्धित क्षेत्र घोषित गर्न अस्वीकार गरेको बताए ।

उनले भनेका छन्, ‘नेटोले नियतबस युक्रेनको आकाश प्रतिबन्धित गर्न चाहेन । युक्रेनको आकाश प्रतिबन्धित गर्दा रुस थप उक्साहट आउन सक्छ भन्ने देखाए उनीहरुले । तर यो कमजोरहरुको आत्म सम्मोहन मात्रै हो । हामीसँग भन्दा कयौँ गुणा शक्तिशाली हतियार भएका नेटो राष्ट्र भित्र भने कमजोर रहेछन् ।’

राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको विरोधमा युरोपभर भएको प्रदर्शनलाई पनि सम्बन्ध गरे । उनले प्रदर्शनकारीलाई सम्बोधन गर्दै भने, ‘यदी युक्रेन यो युद्धबाट जोगिएन भने, पूरै युरोप पनि जोगिने छैन । यदी युक्रेन पराजित भयो भने, पूरै युरोप पराजित हुनेछ ।’

यो पनि पढ्नुहोस्

पुटिनका ८० प्रतिशत आर्मी युक्रेनमा छन्, उनीहरुलाई हामी यहिँ गाड्ने छौँ : युक्रेनी अधिकारी

पुटिनका ८० प्रतिशत आर्मी युक्रेनमा छन्, उनीहरुलाई हामी यहिँ गाड्ने छौँ : युक्रेनी अधिकारी

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष