
काठमाडौँ – सन्त नेता कृष्णप्रसाद भट्टराईको ११ औँ स्मृति दिवस एवं पुण्यतिथिको अवसरमा शुक्रबार काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित दहचोकमा सडकमा बेवारिसे रहेका कुकुरको स्याहार गर्ने संस्थालाई खाद्यान्न सहयोग गरिएको छ।
बाडेगाउँस्थित भट्टराई आश्रमकी सञ्चालिका अमिता कपालीसहितको टोलीले रोमी लामाद्वारा सञ्चालित नेपाल स्ट्रिट डग लभर संस्थालाई सहयोग गरिएको हो। कुकुरका लागि खाना दिन आवश्यक चामलसहितका सामग्री सहयोग गरिएको आश्रमले जनाएको छ।
सन्त नेता भट्टराईको २०६७ फागुन २० गते निधन भएको थियो।