१३ सय युक्रेनी सैनिक मारिए : जेलेन्स्की

१३ सय युक्रेनी सैनिक मारिए : जेलेन्स्की
+
-

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आक्रमण सुरु गरेयता करिब १३ सय युक्रेनी सैनिकको मृत्यु भएको जनाएका छन् ।

रुसले युक्रेनमा गएको फेब्रुअरी २४ देखि आक्रमण गरिरहेको छ । रुसी सैनिकले राजधानी किएभलाई घेराबन्दीको प्रयास गरिरहेका छन् ।

संयुक्त राष्ट्रसंघले शनिबार युक्रेनमा अहिलेसम्म ५७९ जना सर्वसाधारणको मृत्यु भएको छ । यस्तै एक हजार दुईजना घाइते भएका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले गत शुक्रबारसम्म ५००–६०० रुसी सैनिकले आत्मसमर्पण गरेका पनि दाबी गरेका छन् ।

यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले शनिबार इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटसँग छलफल गरेका छन् । रुस–युक्रेन वार्ताको सम्भावनाबारे उनीहरुबीच छलफल भएको हो ।

यस्तै मेलितोपोल शहरमा रुसी सैनिकले नयाँ मेयर नियुक्त गरेको दाबीसहितका खबर स्थानीय सञ्चारमाध्यममा आएका छन् ।

रुसले शहरमा कब्जा जमाएको छ । गएको शुक्रबार रुसले इभान फेडोरोभलाई नियन्त्रणमा लिएको थियो । अहिले रुसले आफ्नो पक्षमा रहने नयाँ मेयर नियुक्त गरेको दाबी छ ।

यसैबीच राष्ट्रपति जेलेन्स्कीले पहिलोपटक एक महिलालाई सर्वोच्च नागरिक सम्मान ‘हिरो अफ युक्रेन’ प्रदान गरेका छन् । जेलेन्स्कीले रुससँगको युद्धमा देशको रक्षाका लागि खटिएका ८ जनालाई सो सम्मान प्रदान गरेका हुन् । त्यसमा एक महिला पनि रहेकी छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष