युक्रेन युद्ध

जेलेन्स्कीले किन माग गरिरहेका छन् युक्रेनी आकाशमा उडान प्रतिबन्ध, के हो नो–फ्लाइ जोनको अर्थ?

जेलेन्स्कीले किन माग गरिरहेका छन् युक्रेनी आकाशमा उडान प्रतिबन्ध, के हो नो–फ्लाइ जोनको अर्थ?
+
-

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेरि पनि आफ्नो देशमाथिको आकाशलाई ‘नो–फ्लाइ जोन’ (उडान प्रतिबन्धित क्षेत्र) घोषित गर्न माग गरेका छन् ।

जेलेन्स्कीले आफ्नो नियमित भिडियो सम्बोधनको क्रममा स्थानीय समय अनुसार आइतबार राति उडान प्रतिबन्धित क्षेत्र घोषणा गर्न अपिल गरेका हुन् ।

उनले पश्चिमा देशको सैन्य गठबन्धन नेटोसँग युक्रेनको आकाशलाई उडान प्रतिबन्धित क्षेत्र नो–फ्लाइ जोन बनाउन आग्रह गरेका हुन् । उनले यसअघि पनि उडान प्रतिबन्धित क्षेत्र घोषित गर्न माग गर्दै आएका थिए ।

उनले आइतबार राति भिडियो सम्बोधनमा भनेका छन्, ‘यदी तिमिहरु (नेटो) ले हाम्रो आकाश बन्द गरेनौ भने रुसी रकेट हाम्रो भूमिका खस्न केही समय मात्रै लाग्ने छ । नेटोको क्षेत्रमा पनि रुसी रकेट खस्ने छ।’

रुसले आइतबार युक्रेनको योभोरिभमा रहेको सैन्य तालिमक केन्द्रलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको थियो । सो आक्रमणमा कम्तीमा ३५ जनाको मृत्यु भएको र अरु १३४ जना घाइते भएको अधिकारीहरुले बताएका छन् । नेटो सदस्य राष्ट्र पोल्याण्डबाट मात्रै २५ किलोमिटरको दूरीमा रहेको सैन्य तालिमक केन्द्रलाई रुसले निशाना बनाएको हो ।

रुसले जारी युद्धमा हवाई आक्रमण, मिसाइ तथा रकेटलाई प्रमुख हतियारका रुपमा प्रयोग गरिरहेको र त्यसले सर्वसाधारण तथा सार्वजनिक सम्पति निशाना बन्ने गरेकाले नो–फ्लाई जोन घोषित गर्न जेलेन्स्कीले माग गर्दै आएका हुन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की । तस्बिर : जेलेन्स्कीको फेसबुक

तर नेटोको प्रमुख घटक अमेरिकाले युक्रेनको आग्रह अनुसार नो–फ्लाइ जोन घोषित नगरिने बताउँदै आएको छ । युक्रेनको आकाशलाई उडान प्रतिबन्धित क्षेत्र घोषित गरेमा त्यसले युद्धलाई थप बढाउने अमेरिकी भनाई छ ।

यस्तै नो–फ्लाइ जोन घोषित गरेपछि युक्रेनको आकाशमाथि रुसी विमान उडेमा नेटोले खसाल्नु पर्ने हुन्छ, त्यसो गर्नु भनेको युद्धमा नेटो सामेल हुने अवस्था हो । सोही कारण नेटोले युक्रेनको माग अस्वीकार गर्दै आएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आर्थिक प्रतिबन्धलाई नै पश्चिमा देशको युक्रेन युद्धमा संलग्नता भनेका छन् । यदि उडान प्रतिबन्धित क्षेत्र घोषित गरेमा परिणाम राम्रो नहुने चेतावनी उनको छ ।

तर जेलेन्स्कीले भने सर्वसाधारणको जीवन रक्षाका लागि उडान प्रतिबन्ध बाहेकको अर्को विकल्प नदेखिएको बताएका छन् ।

उडान प्रतिबन्धित क्षेत्र भन्नुको अर्थ युक्रेनको आकाशमाथिबाट कुनै पनि विमान वा मिसाइल, रकेट उडान नपाउनु हो । पूर्ण रुपमा युक्रेनमाथिको आकाशलाई हवाई गतिविधि मुक्त बनाउनु हो ।

युक्रेनमा रुसले गएको फेब्रुअरी २४ देखि आक्रमण गर्दै आएको छ र उसले हवाई आक्रमण, गोलाबारी, मिसाइललाई प्रमुख हतियार बनाएको छ ।

यो पनि पढ्नुहोस्

‘रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोग मागिरहेको छ’

‘रुसले चीनसँग सैन्य तथा आर्थिक सहयोग मागिरहेको छ’

रासायनिक हतियार के हो, कति छ घातक?

रासायनिक हतियार के हो, कति छ घातक?

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष