
रुसले सामाजिक सञ्जाल इन्स्टाग्राममाथि अधिकांश रुपमा प्रतिबन्ध लगाएको छ । रुसले इन्स्टाग्राम सञ्चालन हुन नदिएको नेटब्लक्सले जनाएको छ ।
‘रियल टाइम’ तथ्यांकले रुसमा इन्स्टाग्राम प्रतिबन्धित गरिएको पाइएको नेटब्लक्सले उल्लेख गरेको हो । यसअघि फेसबुकमाथि रुसले प्रतिबन्ध लगाएको थियो । रुसमा फेसबुक भन्दा इन्स्टाग्राम बढी लोकप्रिय छ ।
गएको शुक्रबार रुस सरकारले वक्तव्य जारी गरेर मार्च १४ देखि इन्स्टाग्रामको पहुँचमा रोक लगाउने उल्लेख गरेको थियो ।
इन्स्टाग्रामको मातृ कम्पनी मेटाले आफ्नो नियम केही खुकुलो बनाउँदै प्रयोगकर्ताहरुलाई रुसविरोधी सन्देश पोस्ट गर्न दिने घोषणा गरेको थियो। त्यसपछि रुसले इन्स्टाग्राममाथि नै प्रतिबन्ध लगाएको हो । रुसले मेटालाई अतिवादी संगठन भनेको छ ।
⚠️ Confirmed: Real-time network data show #Instagram is now restricted in #Russia across multiple providers; the popular social network has been banned by internet regulator Roskomnadzor after similar measures taken against Twitter and Facebook
📰 Report: https://t.co/1JIs5peFeO pic.twitter.com/ICunkqkhXF
— NetBlocks (@netblocks) March 13, 2022