बस दुर्घटनामा दुईको मृत्यु, दर्जनौँ घाइते

बस दुर्घटनामा दुईको मृत्यु, दर्जनौँ घाइते
+
-

मकवानपुर – मकवानपुरको मनहरीमा शुक्रबार भएको यात्रुबस दुर्घटनामा परी मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मकवानपुरको मनमहरि गाउँपालिका–६ मा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय सुवास श्रेष्ठ र उक्त बसमा सवार सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

प्रहरीका अनुसार हेटौँडाबाट चितवनतर्फ गइरहेको ना ४ ख ४४५४ नंको बस शुक्रबार बिहान ८ः३० बजे मनहरि ६ को कुलचोकमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको भएको मनहरीस्थित इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण नआइसकेको र दुर्घटनाको कारण पनि खुल्न नसकेको उनको भनाई छ। घाइते भएकाहरूलाई चितवन अस्पताल पठाइएको र मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?