विश्व खुसी प्रतिवेदन २०२२ः फिनल्यान्ड लगातार पाँचौँ पटक पहिलो स्थानमा, दक्षिण एसियामा सबैभन्दा खुसी नेपाली

विश्व खुसी प्रतिवेदन २०२२ः फिनल्यान्ड लगातार पाँचौँ पटक पहिलो स्थानमा, दक्षिण एसियामा सबैभन्दा खुसी नेपाली
+
-

फिनल्यान्ड फेरि एकपटक विश्वकै सबैभन्दा खुसी देश सावित भएको छ। वर्ल्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषणा गरेको हो। वर्ल्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा खुसी देश बन्न सफल भएको हो।

प्रतिव्यक्ति वास्तविक जीडीपी, सामाजिक समर्थन, स्वस्थ औसत आयु, जीवन छनाेट गर्ने स्वतन्त्रता, उदारता र भ्रष्टाचारको धारणाहरु जस्ता विभिन्न तत्वहरुका आधारमा विश्व खुसी प्रतिवेदनले सामान्यतया १५० देशहरुलाई क्रमबद्ध गर्दछ।

सूचीमा डेनमार्क र आइसल्यान्ड क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। त्यस्तै स्वीट्जरल्यान्ड चौथो स्थानमा छ भने नेदरल्यान्ड्स र लक्जमवर्ग क्रमशः पाँचौ र छैटौँ स्थानमा छन्। स्वीडेन, नर्वे र इजरायल क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् भने र न्युजिल्यान्ड दशौँ स्थानमा छ।

यस्तो छ नेपालको अवस्था

नेपाल सूचीको ८५ औँ स्थानमा छ। नेपाल दक्षिण एसियामा भने पहिलो स्थानमा छ। भूटानलाई प्राविधिक कारण सूचीमा राखिएको छैन।

नेपालपछि बुल्गेरिया र माल्दिभ्स छन्। सूचीमा बंगलादेश ९९ र पाकिस्तान १०३ औँ नम्बरमा छन्। श्रीलंका १२६औँ स्थानमा छ भने भारत १३६औँ स्थानमा छ।

सूचीअनुसार अफगानिस्तान विश्वकै सबैभन्दा दुःखी देश बनेको छ। अफगानिस्तानपछि सूचीमा लेबनान र जिम्बाबे छन्। सूचीमा चीन नेपालभन्दा तीन स्थानमाथि अर्थात ८२ औँ नम्बरमा छ। युक्रेनमाथि हमला गरिरहेको रुस ७४ औँ स्थानमा छ।

त्यस्तै रुसी हमलामा परेको युक्रेन १०८ औँ स्थानमा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?