झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल
+
-

ललितपुर – ललितपुर महानगरपालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने झोलुङ्गे पुल निर्माण भई सञ्चालनमा आएको छ।

कार्यविनायक र मछिन्द्रबहालबीच आवतजावत सहज बनाउन निर्माण गरिएको झोलुङ्गे पुलको सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्।

७९ लाख ७६ हजार ७८९ लागतमा निर्माण सम्पन्न पुलको लम्बाइ १३५ मिटर रहेको छ। यस स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहालबीच सम्पर्क टुटेको थियो। पर्यटकलाई एकअर्को स्थानमा जान समस्या भइरहेको थियो।

पुल बनेसँगै दुइटै स्थानमा पुग्न सकिने भएको छ। पुल निर्माणले आन्तरिक र बाह्य पर्यटकलाई दुवै स्थानको भ्रमण गर्न सहज हुने विश्वास गरिएको छ।

उपत्यकामा रहेका झोलुङ्गे पुल पर्यटकीय आकर्षणका रुपमा रहँदै आएका छन्। कार्यविनायक र मछिन्द्रबहाललाई जोड्ने उक्त पुल निर्माणपछि दोहोरो पर्यटन प्रवर्द्धनमा सघाउन पुग्ने देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?