भारतीय राजदूतावासले मनायाे आइटेक दिवस

भारतीय राजदूतावासले मनायाे आइटेक दिवस
+
-

काठमाडौँ – भारतीय राजदूतावासले मंगलबार काठमाडौँमा ५७ औं भारतीय प्राविधिक एवम् आर्थिक सहकार्य (आइटेक) दिवस मनाएकाे छ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कार्यक्रमको सुभारम्भ गर्दै भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुबाट उच्च शिक्षा तथा प्रशिक्षण लिएका आइटेकका पूर्वविद्यार्थीहरुलाई स्वागत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र विशेष अतिथि नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा रहेका थिए।

उक्त अवसरमा मन्त्री देवेन्द्र पौडेलले कोभिड–१९ महामारीको समयमा पनि नेपाली आइटेक विद्यार्थीहरुको निरन्तरतालाई सुनिश्चित गर्दै इ–आइटेक कोर्षमार्फत निबार्ध रुपमा प्रशिक्षण प्रदान गर्न भारतीय राजदूतावासले चालेका प्रयासहरुको  प्रशंसा गरेका थिए।

कार्यक्रममा राजदूत क्वात्राले  नेपालका प्रधानसेनापति तथा भारतीय सेनाका मानार्थ महारथी प्रभुराम शर्मा र आइटेकका वरिष्ठ अलम्नाइ तथा जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उप–कुलपति प्राध्यापक डा रामकेवल साहलाई उनीहरुले राष्ट्रप्रति गरेको उल्लेखनीय सेवा र उनीहरुले प्राप्त गरेको उपलब्धिको कदर गर्दै सम्मान गरेका थिए।

नेपाली सेनाका अवकास प्राप्त अधिकृत र जलस्रोत तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेलगायतका आइटेक अलम्नाइहरुले भारतका विभिन्न संस्थानहरुमा तालिम लिँदाका दिनहरुको सम्झना गरेका थिए।

राजदूत क्वात्राले आइटेकअन्तर्गतका विभिन्न प्रशिक्षण कार्यक्रहरुमा नेपाल सबैभन्दा बढी सक्रिय रुपमा सहभागी हुने तथा प्रशिक्षण प्राप्त गर्ने मुलुक रहेको बताए। स्थापना भएको ५७ वर्ष अवधिमा आइटेकअन्तर्गतका कार्यक्रमहरुबाट विश्वभरका दुई लाखभन्दा बढी मानिसहरु लाभान्वित भएका छन्।

त्यस्तै विगत १५ वर्षदेखि नेपालका विशेष आवश्यकताहरु पूरा गर्न विशेष तवरले बनाइएका विशेष आइटेक कोर्षअन्तर्गत हजारौं नेपाली नागरिकहरुलाई प्रशिक्षण दिइएको दूतावासले जनाएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?