
ललितपुर – ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङ्करको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जन रहेका छन्। ठक्करबाट घाइते उनलाई उपचारको लागि पाटन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार बेलुकी पौने ८ बजे बा २ ख ६५१० नम्बरको ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको थियो। ठक्कर दिने ट्याङ्करसहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेकाे ललितपुर प्रहरीले जनाएकाे छ।