भिरबाट लडेर एक युवकको मृत्यु, अर्को युवक खोलामा मृत फेला

भिरबाट लडेर एक युवकको मृत्यु, अर्को युवक खोलामा मृत फेला
+
-

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ स्थित पहरेपानीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार सोमबार दिउँसो ३ः२५ बजे सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गापा ३ स्थित पहरेपानीको भीरबाट लडेर स्थानीय ३० वर्षीय सन्तोष थामीको मृत्यु भएको हो।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले थामी घरभन्दा अन्दाजी ५०० मिटर पश्चिम रहेको पहरेपानीको भीरबाट एक्कासी लडेर करिब ५० मिटर तल खसेको जानकारी दिए। भीरबाट लडी टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्कालै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बार्‍हबीसे लगिएको थियो।

थप उपचारको लागि काठमाडौँ ट्रमा सेन्टर लगिएकोमा उपचारकै क्रममा मंगलबार बिहान ५ः२० बजे थामीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

थामीले घटना हुँदाको दिन मादकपदार्थ सेवन गरेको र उनी पहिलेदेखि नै छारे रोगी रहेको बुझिन आएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।
यसैबीच सिन्धुपाल्चोकको भोटेकोसी गापा– ४ स्थित थाङाकुना खोलामा करिब २५ दिनदेखि हराइरहेका स्थानीय २५ वर्षीय वीरबहादुर बिकको लास फेला परेको छ।

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार सडेगलेर गन्ध आइरहेको अवस्थामा विकको लास फेला परेको हो।

उनको मानसिक अवस्थासमेत ठीक नभएको भन्ने बुझिन आएको सिन्धुपाल्चोक प्रहरीले जनाएका छ। प्रहरीका अनुसार दुइटै घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?