नागढुङ्गा–मुग्लिन सडक निर्माण वैशाखमा सुरु हुने

नागढुङ्गा–मुग्लिन सडक निर्माण वैशाखमा सुरु हुने
+
-

काठमाडौँ – काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ। सो सडक वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने गरी तयारी भएको छ।

सो सडकमा तीन प्याकेजमा काम हुन लागेको बताइएको छ। तीन प्याकेजमध्ये अहिले नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुङ्गा–नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए।

यससँगै अहिले परामर्शदाताको पनि छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ। नागढुङ्गा–नौबिसे सडकको लम्बाइ १२ किमि र नौबिसे–मलेखु साढे ४३ किमि हो। उनले भने, ‘दुबै सडकको निर्माण सँगसँगै अघि बढाइनेछ।’

नागढुङ्गाबाट–नौबिसे र नौबिसे–मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ। यसका लागि नेपाली र अन्तर्राष्ट्रिय दुबै निर्माण कम्पनीले आवेदन हालेका छन्। नागढुङ्गाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताए।

तेस्रो ठेक्काका रुपमा रहेको मलेखुबाट मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको प्रमुख कार्कीले बताए। ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैङ्कलाई पठाएको थियो। उनले भने, ‘अहिले विश्व बैङ्कले त्यसमा अध्ययन गरिरहेको छ, सकिएपछि ठेक्कामा जान सकिन्छ।’

हाल प्रक्रियामा रहेका दुई ठेक्का वैशाख १५ सम्ममा प्रक्रियामा जानसक्ने प्रमुख कार्कीले बताए। ठेक्का सम्झौता पहिले कसैको गुनासोका लागि आशयपत्र निकालिएको छ। त्यो नभएपछि सम्झौता गर्न सकिने उनले बताए। अबको केही समयमै वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता गर्ने उनले बताए।

सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भए पनि बजार ठाउँमा चार लेन हुनेछ। विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेनमात्रै पनि हुनसक्ने प्रमुख कार्कीले बताए।

सडक विभागले यसअघि नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नारायणगढ–बुटवल सडक निर्माणाधीन छ। यी सडक चारदेखि ६ लेनसम्म विस्तार गरिएको भए पनि नागढुङ्गा–मुग्लिन सडक कम चौडाइमा निर्माण हुने योजनाले जनाएको छ। यो सडकमा विस्तारसँगै भइरहेका सडक र पुलको सुधार तथा मर्मतमा पनि ध्यान दिइने प्रमुख कार्कीले बताए। बजार क्षेत्रमा चार लेनसम्म विस्तार हुने भए पनि पहाडी क्षेत्रमा दुई लेनमा नै निर्माण गरिनेछ। मलेखु, गजुरीलगायतका क्षेत्रमा चार लेनसम्म विस्तार हुनेछ।

सडकमा निर्माणको काम गर्दा सवारी व्यवस्थापन चुनौतीपूर्ण रहेको आयोजनाले जनाएको छ। बैकल्पिक सडक नहुँदा सवारीसधन अर्कोतर्फ मोड्न (डाइभर्ट) गर्न सकिने छैन। सवारीसाधन एकातर्फी रुपमा सञ्चालन गरेर अर्कातर्फबाट निर्माणको काम गरिने प्रमुख कार्कीले बताए।

सडक निर्माणका क्रममा सकेसम्म नागरिकलाई कम दुःख परोस् भनेर ध्यान दिइने उनले बताए। उनले भने, ‘बुटवाल–नारायणघाट सडक बनाउँदा नागरिकले दुःख पाएकाले यहाँ सकेसम्म व्यवस्थापन गर्न लागिनेछ।’

सडक विस्तारका लागि वर्षामा पहाड खन्ने काम नगर्ने प्रमुख कार्कीले बताए। आयोजना सडक निर्माणका लागि जग्गा प्राप्तीको काममा विगत ६ महिनादेखि लागेको छ। निर्माणस्थलमा केही घरटहरा रहेकामा तिनलाई क्षतिपूर्ति दिएर हटाउन लागिएको छ। वन कटानका लागि प्रक्रिया अघि बढाइएको छ र मन्त्रिपरिषदबाट निर्णय आएपछि ठेक्का लागेपछि हटाइनेछ। उनले भने, ‘कटानको स्वीकृति भएपछि ठेक्काबाट निर्माणस्थलमा रहेका रुख हटाइनेछ।’

नागढुङ्गा चेकप्वाइन्टबाट शुरु भएर चितवनको मलेखुसम्मको सडकले काठमाडौँ, धादिङ र चितवन गरी तीन जिल्लालाई समेट्छ। यो सडकमा विस्तारभन्दा पनि सुधारका काम बढी हुने विभागले बताउँदै आएको छ। सबैभन्दा बढी सवारीसाधन भित्रने र बाहिरिने नाका भएकाले सडक सुरक्षाका लागि आवश्यक कुराको निर्माणमा ध्यान दिइनेछ र मोड सुधार गर्ने, पुल थपिनेलगायतका काम गरिनेछ।

यो खण्डमा अधिकांश स्थानमा सडकको चौडाइ झण्डै १० देखि ११ मिटरसम्म हुनेछ। ‘डेडिकेटेड’ दुई लेनमा चौडाइ ७ मिटर हुनेछ भने त्यसमा दायाँबायाँ एकएक मिटर गरी दुई मिटरमा ‘सल्जर’ निर्माण हुनेछ। यसले गर्दा सडक सुरक्षित हुने, गाडी बिग्रिएमा पार्किङ गर्न मिल्ने र अत्यावश्यक समयका लागि प्रयोग गर्न सकिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?