लुम्बिनीमा स्टार्टअप एण्ड आइडिया फेस्टः एम सेक्युरिटी पहिलो

लुम्बिनीमा स्टार्टअप एण्ड आइडिया फेस्टः एम सेक्युरिटी पहिलो
+
-

बुटवल – प्रदेशस्तरीय दोस्रो स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल संवाद ३.० लुम्बिनी प्रदेशमा सम्पन्न भएको छ। बुधबार बुटवल सिटी सेन्टरमा आयोजना भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका करिब २७ स्टार्टअप तथा आइडियाहरु सहभागी भएका थिए।

फेस्टसँगै आयोजना भएको आइडिया पिचिङ, मेन्टरिङ तथा एक्सपिरियन्स शेयरिङमा २० वटा स्टार्टअप तथा इनोभेटर्स कम्पनीहरुले आफ्नो व्यवसाय तथा आइडिया प्रस्तुत गरेका थिए। जसमध्ये पाँचवटा कम्पनी तथा आइडियाहरु ईबाइक, फुड अन वेज, श्री सीता बाबा मल्टिटेक, लुम्बिनी स्टेम एजुकेसन र फरिद डटकमको एम सेक्युरिटी इन्क्युबेसन तथा मेन्टरिङका लागि चयन भएका छन्।

सो प्रतिस्पर्धामा फरिद डट कमको एम सेक्युरिटी प्रथम भएको छ। प्रथम भएको कम्पनी सात्विक न्युट्रिन्ट्सले राष्ट्रिय वाणिज्य बैंकबाट १५ लाखको ऋण अनुदान प्राप्त गर्नेछ।

सेसनमा बुटवलका टेक उद्यमी तथा योङ माइण्ड्सका एमडी डा. अभिजित गुप्ता, तथा युवा स्टार्टअप व्यवसायी प्रकाश न्यौपानेले प्रदर्शनीमा सहभागी स्टार्टअपहरुलाई मेन्टरसिप प्रदान गरेका थिए।

साथै गण्डकी प्रदेशबाट थालनी भएको प्रदेशस्तरीय संवाद दोस्रो ‘डिजिटल लुम्बिनी संवाद’ पनि सम्पन्न भएको छ।

संवादमा लुम्बिनी प्रदेशको प्रादेशिक नीति तथा योजना आयोगका उपाध्यक्ष वामदेव शर्मा, देवदह नगरपालिकाका मेयर हीराबहादुर खत्री, लुम्बिनी प्रदेश सरकारका आईसीटीविज्ञ रेगबहादुर भण्डारी, बुटवलका अग्रणी आईटी व्यक्तित्व दुर्गाप्रसाद पाण्डे र पाइला टेक्नोलोजीका सहसंस्थापक आयुष कसाजु उपस्थित थिए। कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री टीकाराम शर्मा पनि उपस्थित थिए।

संवाद सेसनमा लुम्बिनी प्रदेशका सूचना प्रविधि तथा ईगभर्नेन्स विज्ञ मिलन श्रेष्ठ र नेपथ्य कलेज लुम्बिनीका प्रधानाध्यापक सञ्जीव भण्डारीले प्रदेशको डिजिटाइजेसनको अवस्था र कार्यदिशाका बारेमा प्रस्तुति दिएका थिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष