
काठमाडौँ – उज्वलकृष्ण श्रेष्ठ विवेकशील साझा पार्टीका तर्फबाट ललितपुर महानगरपालिकाको मेयरमा उम्मेदवार बन्ने भएका छन् ।
आफ्नो पार्टीका तर्फबाट श्रेष्ठलाई मेयर उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझाले जनाएको छ।
श्रेष्ठको उम्मेदवारको औपचारिक घोषणा मंगलबार दिउँसो पाटन दरबार क्षेत्रमा पत्रकार सम्मेलनमार्फत् गरिने पार्टीले जानकारी दिएको हो ।
हाल मेयरको उम्मेदवार बन्न लागेका श्रेष्ठ यसअघि प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका थिए ।