युक्रेन युद्ध

रुसले आक्रमण तीव्र पारेपछि युक्रेनलाई थप हतियार सहयोग गर्ने साझेदार राष्ट्रको वाचा

रुसले आक्रमण तीव्र पारेपछि युक्रेनलाई थप हतियार सहयोग गर्ने साझेदार राष्ट्रको वाचा
+
-

युक्रेनका सहयोगी राष्ट्रहरूले रुसले फेरि सघन बनाएको आक्रमणविरुद्धको रक्षात्मक युद्धका लागि थप हतियार सहयोग गर्ने वाचा गरेका छन्।

अमेरिका र अरू साझेदार राष्ट्रले तत्काल थप गोलाबारी, एन्टी-ट्यांक तथा हवाई सुरक्षा सहयोग युक्रेन पठाउने प्रतिवद्धता जनाएका हुन्।

विशेषगरी युक्रेनको पूर्वी क्षेत्र डोनबासमा रुसी आक्रमण गम्भीर बन्दै गएपछि अवस्थाबारे छलफल गर्न मंगलबार अमेरिकासहितका पश्चिमा राष्ट्रका नेताले ९० मिनेट भिडियो कलमा गरेका थिए।

भिडियो कलको क्रममा युक्रेन युद्धलाई लिएर रुसमाथि गम्भीर आर्थिक मूल्य चुकाउने अवस्था सिर्जना गर्नका लागि एकीकृत रूपमा प्रयास गर्नेबारे कुराकानी भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।

रुसको आक्रमणबाट आफू र नागरिकलाई जोगाउनका लागि थप हतियार चाहिएको युक्रेनले बताएको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबास क्षेत्रको रक्षात्मक युद्ध सुरु भएको बताउँदै तत्काल हतियारसहितका थप सैन्य सहयोग चाहिने उल्लेख गरेका छन्।

साझेदार देशका नेतासँगको छलफलपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संसदलाई सम्बोधन गर्दै युक्रेनमा अबको युद्ध गोलाबारीको हुने बताएको बिबिसीले उल्लेख गरेको छ।

उनले भनेका छन्, ‘युक्रेनलाई तोप, गोलाबारुदसहितको थप सहयोग चाहिएको छ, हामी त्यो सहयोग गर्ने छौँ।’

यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युक्रेनलाई थप तोप, गोलाबारुदसहितका सहयोग गर्ने बताएका छन् । उनले न्यू ह्याम्पसरमा पत्रकारलाई प्रतिक्रिया दिने क्रममा अमेरिकाले युक्रेनलाई थप हतियार सहयोगको तयारी गरिरहेको जानकारी दिएका हुन्।

स्थल युद्धका लागि आवश्यक पर्ने भारी बन्दुकसहितका हतियार पनि दिइने उनले बताए ।

यसैगरी जर्मनीले एन्टी-ट्यांक हतियारसहित गोलाबारुद किन्नका लागि वित्तीय सहयोग प्रदान गर्ने तयारी गरेको छ। जर्मन चान्सलर ओलाफ स्कोल्जले जर्मन कम्पनीबाट हतियार किन्नका लागि सहयोग गर्ने बताएका हुन्।

यसैबीच चेक गणतन्त्रले भने युद्धको क्रममा क्षतिग्रस्त भएका युक्रेनका ट्यांक तथा बख्तरबन्द गाडीको मर्मत गर्ने बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?