नेट्फ्लिक्सलाई गम्भीर धक्का, सेयरमा ३५ प्रतिशतको गिरावट

नेट्फ्लिक्सलाई गम्भीर धक्का, सेयरमा ३५ प्रतिशतको गिरावट
+
-

नेट्फ्लिक्सको सेयर मूल्यमा ३५ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। अमेरिकाको न्यूयोर्कमा बुधबार स्ट्रिमिङ सेवा नेट्फ्लिक्सको सेयर मूल्य ३५ प्रतिशतभन्दा बढीले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मंगलबार नेट्फ्लिक्सले यो वर्षको पहिलो त्रैमासिकमा आफ्ना दुई लाखभन्दा बढी सब्स्क्राइबर कम भएको जानकारी दिएको थियो। त्यसको प्रभाव उसको सेयर मूल्यमा परेको हो।

आउँदो त्रैमासिकसम्ममा थप २० लाख सब्स्क्राइबर गुम्न सक्ने आँकलन पनि नेट्फ्लिक्सको छ। सेयर मूल्यमा आएको भारी गिरावटले नेट्फ्लिक्सको कुल सम्पत्तिमा ५० बिलियन कमी भएको छ।

नेट्फ्लिक्सले यसअघि सन् २०११ को अक्टोबर त्रैमासिकमा आफ्ना सदस्य (सब्स्क्राइबर) गुमाएको थियो। अझै पनि विश्वभर नेट्फ्लिक्सका २२० मिलियन सब्स्क्राइबर छन्।

मंगलबार नेट्फ्लिक्सले दिएको जानकारी अनुसार एक दशकभन्दा लामो समयमा पहिलोपटक सब्स्क्राइबर कम भएको देखिएको हो। अमेरिका, बेलायतसहितका प्रमुख बजारहरूमा मूल्य बढाएको तथा रुसमा सेवा रोकेपछि नेट्फ्लिक्सका सब्स्क्राइबरमा कमी आएको हो।

सेयरधनीलाई पठाएको पत्रमा नेट्फ्लिक्सले आउँदो जुलाईसम्ममा थप २० लाख सब्स्क्राइबर गुम्ने सम्भावना रहेको चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?