रसुवामा बढ्याे पर्यटकको आगमन

रसुवामा बढ्याे पर्यटकको आगमन
+
-

वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ ।

कोभिड सङ्क्रमण शून्यमा झरेसँगै दैनिक १०-१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन्।

लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार रसुवाको उच्च भागमा अवस्थित लाङटाङ तथा पवित्र तीर्थ गोसाइँकुण्डको भ्रमणका लागि दैनिकरूपमा आन्तरिक १०० र बाह्य २२-२३ जना पर्यटकको आगमन भइरहेको छ।

आन्तरिक पर्यटक बढी मात्रामा पवित्र तीर्थ गोसाइँकुण्डतर्फ र विदेशी पर्यटक भने लाङटाङतर्फ केन्द्रित हुने गरेको निकुञ्ज कार्यालयले जनाएको छ।

पर्यटकको आगमन वृद्धि भएसँगै पर्यटन क्षेत्रका होटल तथा लजको थप व्यवस्थापकीय कार्य भइसकेको जानकारी दिँदै पर्यटकीय होटल व्यवस्थापन समितिका जिल्ला अध्यक्ष निशान उपनामका रामशरण गजुरेलले धार्मिक तथा पर्यटकीय पदमार्गमा खान बस्न कुनै समस्या नपर्ने भएकाले यात्रा गर्न आग्रह गरे।

सुनसान रहेको हिमाली पर्यटकीय क्षेत्रमा पर्यटकको ओहरदोहर हुन थालेपछि गोसाइँकुण्ड धार्मिक मार्गको रौनकता बढेको चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङले जानकारी दिए।

पाहुनाको आगमन निरन्तररूपमा बढ्न थालेपछि क्रमिकरूपले पर्यटन पेसाबाट आर्थिक सुधार हुँदै जाने आशा पलाएको होटल व्यवसायी बताउँछन्।

पैदलमार्गको अलावा हवाई मार्गसमेतबाट गोसाइँकुण्ड जाने यात्रुको आर्कषणसमेत बढ्दै गएको छ।

यस्तै हेलिकप्टर सञ्चालक कम्पनीले गोसाइँकुण्ड यात्रु ओसारपसार गराउन उडानलाई प्राथमिकता दिएका छन्।

पैदलमार्गको उकालो हिँड्न नसक्ने ज्येष्ठ नागरिकलाई हेलिकप्टर सुविधाले तीर्थ जान सहज बनाएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल बताउँछन्।

धार्मिक मान्यताअनुरूप जिन्दगीमा एक पटक भए पनि पुग्नै पर्ने तीर्थ भएका कारण पैदलमार्ग वा हवाईमार्ग जुन रूपमा सहज हुन्छ एक पटक गोसाइँकुण्ड पुग्न समस्त भक्तजनलाई अनुरोध गरिएको पुरोहित ढकाल बताए।

गोसाइँकुण्डको दर्शनार्थ सिम्रिक, डाइनेस्टी, अल्टिच्युट, फिस्टेल, कैलास, मनाङ, हेलिमाउन्टेन, प्रभु, हेलीएभरेस्टसमेतका हेलिकप्टर कम्पनीले धार्मिक उडान गरिरहेको हेलिकप्टर एसाेसिएसनले जनाएको छ।

पैदलमार्गबाट हिमाली पदयात्राका लागि हिँडेका पर्यटक बीच बाटोमा बिरामी परेमा तत्काल उद्दारका लागि हेलिकप्टरले उद्दार गर्ने गरिएको जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?