तेस्रो विश्वयुद्धको जोखिम छ, यसलाई नजरअन्दाज नगर्नूः रुसी विदेशमन्त्री

तेस्रो विश्वयुद्धको जोखिम छ, यसलाई नजरअन्दाज नगर्नूः रुसी विदेशमन्त्री
+
-

रुसले तेस्रो विश्वयुद्धको वास्तविक खतरा रहेको चेतावनी दिएको छ । अमेरिकाले रुसी सेनासँग लड्न युक्रेनमा तोपखाना पठाउने घोषणा गरेपछि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका हुन् ।

विदेशमन्त्री लाभरोभले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले वार्ताको नाटक गरेको आरोप लगाए । उनले ‘वार्तामा संलग्न भइरहेको’ पनि बताए ।

लाभरोभले तेस्रो विश्वयुद्धको खतरा ‘वास्तविक’ भएको चेतावनी दिँदै अगाडि भने, ‘जोखिम गम्भीर छ । यो वास्तविक हो । यसलाई नजरअन्दाज गर्न मिल्दैन ।’

वार्ताबाट युक्रेन संकट समाधान हुने संकेत गर्दै उनले अगाडि भने, ‘सम्झौतामा हस्ताक्षर गरेसँगै अवश्य पनि हरेक चिज समाप्त हुनेछ । ’ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनको भ्रमण गरिरहेका बेला लाभरोभको नयाँ चेतावनी आएको हो ।

भ्रमणका क्रममा उनीहरूले युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?