हुम्लामा चार वडा अध्यक्ष र एक सदस्य निर्विरोध निर्वाचित

हुम्लामा चार वडा अध्यक्ष र एक सदस्य निर्विरोध निर्वाचित
+
-

सिमकोट – हुम्लाका ४४ मध्य चार वटा वडामा वडा अध्यक्ष र एक जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले तोकेको मनोनयन फिर्ता लिने अन्तिम दिन प्रतिष्पर्धि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पाँचै जना निर्विरोध रूपमा निर्वाचित भएका हुन्।

मुुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले चार जना वडा अध्यक्ष र एक जना सदस्य निर्विरोध निर्वाचित भएको बताएका छन्।

निर्विरोध निर्वाचित हुनेमा सिमकोट गाउँपालिका– १ का वडा अध्यक्ष गोर्ख लामा, ४ का प्रताप लामा,नाम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङ र खार्पुनाथ गाउँपालिका–४ का वडा अध्यक्षमा रंगमती शाही रहेको मुख्य निर्वाचन अधिकृृतको कार्यालयले जनाएको छ।

त्यसैगरी, खार्पुनाथ गाउँपालिका–४ की दलित महिला सदस्य दन्ता कामी पनि निर्विरोध निर्वाचित भएकी छन्। निर्विरोध निर्वाचित वडा अध्यक्ष मध्य सिमकोट–४ र खार्पुनाथ –४ का उम्मेदवारका प्रतिष्पर्धिले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए भने सिमकोट–१ र नाम्खा–६ मा भने एकल उम्मेदवारी परेको थियो।

निर्वाचित चार उम्मेदावार मध्य तीन जना नेपाली काँग्रेसका उम्मेदवार हुन् भने नाम्खा–६ तामाङ स्वतन्त्र उम्मेदवार हुन्।

त्यसैगरी, महिला सदस्य कामी पनि नेपाली काँग्रेसकी उम्मेदवार हुुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?