
काठमाडौँ – आज आईतबार मन्त्रिपरिषदको बैठक बस्ने भएको छ।
बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।
बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गर्ने तयारी रहेको बताइएको छ।
दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो।
नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री सहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बलका आइजिपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदैछन्।