
देश सञ्चार
बैशाख १८, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – आजबाट काठमाडौँमा मेलम्चीको पानी वितरण हुने भएको छ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्न लागेको हो।
गत वैशाख ११ गते काठमाडौँको मिनभवनबाट मेलम्चीको पानी वितरण थालिएको थियो।
अब भने ९ वटा भण्डारण केन्द्रबाट १ लाख ७५ हजार धारामा पानी पुग्नेछ।

