मत माग्न घरदैलोमा उम्मेदवार

मत माग्न घरदैलोमा उम्मेदवार
+
-

गलकोट – आसन्न निर्वाचनका लागि राजनीतिक दलहरुले आफ्ना प्रतिवद्धतापत्र सार्वजानिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।

आइतबार संयुक्त गठबन्धनले बागलुङ नगरपालिकामा गर्ने चुनाव प्रचारप्रसारको तालिका तथा नेकपा एमालेले प्रतिबद्धता पत्र सार्वजनिक गर्यो।

अहिले ती दल मतदाताका घरघरमा उम्मेदवार चुनावी एजेण्डा लिएर पुग्न थालेका छन्। गाउँमा चुनावी रोनक छाएको छ।

नेपाली कांग्रेसले बानपा ४ र ५ बाट घरदैलो अभियान सुरवात गरेको छ। एमाले र राप्रपाको तालमेल अनुसार नगरपालिकामा संयुक्त घरदैले कार्यक्रम सुरु गरेको छ भने अहिले मतदाताको घरदैलोमा विभिन्न राजनीतिक दलहरुका उम्मेदवारहरु भोगमागन व्यस्त देखिएका छन्।

मतदातालाई घेट्न उम्मेदवार खेत, बारी र धारामा पुग्ने गरेको देखिन्छ। विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताकहाँ उम्मेदवार पुग्न थालेको देखिन्छ।

अहिले गठबन्धन र एमालेले सामाजिक सन्जालको भरपुर उपयोग गरेर चुनावी प्रचारमा दलका उम्मेदवार लागेका छन्। गाउँदेखि सहरसम्म राजनीतिक चहलपहल ह्वात्तै बढेको छ । दलहरू प्रचारप्रसारमा नयाँनयाँ शैली अपनाइराखेका छन्।

उम्मेदवार घर–घर बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरिरहेका छन्। स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारीले समेत आफ्नो चुनाव चिह्न लिएर मतमाग्न व्यस्त देखिएका छन्।

गठबन्धले जैमिनी, गलकोट र ढोरपाटन नगरपालिका तथा बडिगाड , बरेङ र निसीखोलाम गाउँपालिकामा चुनावी सभा र घरदैलोलाई तीव्रता दिइएको कांग्रेसका सभापति जीत शेरचनले जानकारी दिए।

एमालेले बागलुङ नगरमा आइतबारदेखि घरदैलो कार्यक्रम सुरु गरेको एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्रप्रकाश शर्माले जानकारी दिए।

गठबन्धले अहिले चुनावी प्रतिबद्धता पत्र बनाउनसमेत जुटिरहेको छ भने एमालेले बानपा र गलकोटमा चुनावी प्रतिबद्धता सार्वजनिक गरिसकेको जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?