
काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले निर्वाचनमा केन्द्रीय हस्तक्षप रोकी गैरदलीय चुनाव गर्न आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्ताे आग्रह गरेका हुन्।
पाँच दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको बताउँदै उनले स्थानीय तहको निर्वाचनमा केन्द्रीय हस्तक्षेप गर्न नहुने बताएका हुन्।
‘५ दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ।सबैले बुझौँ स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता-कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन्। लाेकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौँ र गैरदलीय चुनाव गरौँ? कुनै आकाश खस्दैन ?’, उनले ट्विट गरेका छन्।
५ दलीय गठबन्धन केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण छ।सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता/कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन्!लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौं!कुनै आकाश खस्दैन!
— Baburam Bhattarai (@brb1954) May 5, 2022