
अ
+
अ
अ
-
काठमाडौँ – पाल्पामा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आगलागीमा परी जिल्लाको रैनादेवी छहरा गाउँपालिका-४ का ७९ वर्षीय मानबहादुर सोमै मगरको मृत्यु भएको हो।
प्रहरीका अनुसार गएराति करिब एक बजेतिर आगो घर पूरै जलेर नष्ट भएको थियो। उनी परिवारमा एक्लै बस्दै आएका थिए।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।