कांग्रेसद्वारा बागी उम्मेदवारलाई कारवाही

कांग्रेसद्वारा बागी उम्मेदवारलाई कारवाही
+
-

खोटाङ – नेपाली कांग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ।

कांग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएको छ।

कारवाहीमा पर्नेमा ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदका बागी उम्मेदवार कांग्रेसका गाउँपालिका सभापति सन्तवीर तामाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा वडाध्यक्षको बागी उम्मेदवार बनेका पूर्वगाविस अध्यक्ष राजेन्द्र राई र खोटेहाङ गाउँपालिका–८ सिम्पानीमा वडाध्यक्षको बागी उम्मेदवार बनेका निवर्तमान वडाध्यक्ष चन्द्रबहादुर थापा रहेका छन्।

तामाङले ऐसेलुखर्क गाउँपालिकामा चार दलीय गठबन्धनका तर्फबाट गाउँपालिकाका अध्यक्ष पदका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका श्रीबहादुर राईविरुद्ध तथा राईले कांग्रेसका तर्फबाट बतासेका आधिकारिक उम्मेदवार राजदेश राई र थापाले कांग्रेसका तर्फबाट सिम्पानीमा वडाध्यक्षका आधिकारिक उम्मेदवार सुशील उदासविरुद्ध बागी उम्मेदवारी दर्ता गरेकाले कारबाही गरिएको जिल्ला सभापति विष्णुकुमार राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पार्टीको कारवाहीमा परेका कांग्रेसका तीनै जनाले आ–आफ्नो क्षेत्रमा चुनावी अभियानलाई तीव्रता दिएका छन्। उनीहरुको चुनाव चिह्न मुढा रहेको छ।

त्यस्तै, ऐसेलुखर्क गाउँपालिकाको उपाध्यक्षमा चार दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका राजेशकुमार राजभण्डारी रहेका छन्।

त्यहाँ कांग्रेसको गाउँपालिका पार्टी सभापति नै बागी उम्मेदवार बनेपछि गठबन्धनलाई घाटा हुने देखिएको स्थानीयवासीको भनाइ छ।

दश स्थानीय तह रहेको जिल्लामा अन्य दलका उम्मेदवारविरुद्ध पनि बागी उम्मेदवारी दर्ता भएको थियो। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट बागी उम्मेदवारी दर्ता गरेका नेताहरुले तोकिएको अवधिभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा बागीसहित एक हजार २८१ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

एक लाख ४३ हजार ७५२ मतदाता रहेको जिल्लामा वैशाख ३० गते हुने निर्वाचनबाट ४१५ जनप्रतिनिधि चुनिने छन्।

चुनावी मैदानमा रहेका राजनीतिक दलका नेताहरू अहिले आ-आफ्नो पक्षमा जनमत जुटाउन चुनावीसभा तथा जनताको घरदैलो कार्यक्रममा व्यस्त बनेका छन्।

सत्ता गठबन्धनमा आवद्ध दलहरू केन्द्रीय निर्देशनानुसार चुनावी तालमेल गरेर अगाडि बढेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?