
काठमाडौँ – त्रिमूर्ति निकेतनले २०७८ सालको लेखनाथ काव्य पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा हिजो शनिबार बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो।
उक्त संस्थाले यस वर्षको बालकृष्ण सम पुरस्कार नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री मिथिला शर्मालाई प्रदान गर्ने निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए।
यस्तै, देवकोटा काव्य पुरस्कार आधुनिक कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय निकेतनको पूर्व बैठकबाट भएको समेत उनले जानकारी दिए।
उक्त पुरस्कारको राशि जनही एक लाख रुपौयाँ रहेको छ।