
काठमाडौँ- मकवानपुरमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका – १७, राईटोलका ५१ वर्षीय पूर्णबहादुर राई रहेका छन्।
वडा नम्बर १७ मा रहेको कर्राखोलामा खाेला तर्ने क्रममा उनकाे डुबेर मृत्यु भएकाे प्रहरीले जनाएको छ।
खोलामा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शव पोष्टमार्टमको लागि हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक टेकबहादुर कार्कीले बताए।