भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड

भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड
+
-

काठमाडाैँ – ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ।

युवा संघ नेपाल बागमती-३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका-३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारको गाडी तोडफोड भएको हो।

कांग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनले जिकिर गरे।

उनले भने, ‘गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन। ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौँ।’

खड्काले गाडी झण्डा पनि निकालेर फ्याँकिएको बताए।

‘साँझ ७बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौँ। राति १० बजेर ३० मिनेटमा फर्कँदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो’, उनले भने।

निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएको खड्काले जानकारी दिए।

उनले भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाका लागि खबर गरेको पनि बताए।

कांग्रेस गाउँपालिकाका सभापतिसमेत रहेका पालिकाका अध्यक्षका उम्मेदवार वीरबहादुर लोप्चनले यस विषयमा आफूलाई जानकारी नभएको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?