स्थानीय तह निर्वाचनः मतगणनास्थलमा सिसिटिभी जडान

स्थानीय तह निर्वाचनः मतगणनास्थलमा सिसिटिभी जडान
+
-

रसुवा – स्थानीय तहको निर्वाचनको मतगणनाका लागि रसुवाका स्थानीय तहमा सिसिटिभी जडान गरिएको छ।

जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सिसिटिभी जडान गरिएको हो।

निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सिसिटिभी जडान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए।

गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य चार वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ।

जिल्लामा पाँच वटा गाउँपालिका छन्। जसमा २७ वटा वडा रहेका छन्। यो निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन्।

जिल्लामा निर्वाचनका लागि एक सय ४५ पदका लागि चार सय ६७ जना प्रतिस्पर्धामा रहेका छन्।

जसमा पाँच जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन्। अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ। जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?