नयाँ सरकार गठन गर्न कदम उठाउने श्रीलंकाली राष्ट्रपतिको घोषणा

नयाँ सरकार गठन गर्न कदम उठाउने श्रीलंकाली राष्ट्रपतिको घोषणा
+
-

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले नयाँ सरकार गठन गर्ने बताएका छन्।

राजापाक्षेले सामाजिक सञ्जालमार्फत् नयाँ सरकार गठन गर्ने बताएका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘देशमा भइरहेको अराजकताको स्थिति नियन्त्रण गर्नको लागि र ठप्प भएको विषयलाई सल्झाउनको लागि नयाँ सरकार बनाउने कदम उठाइने छ।’

उनले यो हप्ताभित्र नै संसदमा बहुमत प्राप्त गर्ने व्यक्तिलाई प्रधानमन्त्री बनाइने बताएका छन्। नयाँ बनेका प्रधानमन्त्रीले आफ्नो नीतिबाट देशलाई अगाडि लैजानेछन्।

राष्ट्रपति राजापाक्षेले यो बाहेक संसदलाई धेरै शसक्त बनाउनको लागि संविधानमा संशोधन गर्ने कदम पनि उठाउन लागेको बताएका छन्। उनले कार्यकारी अध्यक्षको पद समाप्ती गर्ने सुझावमा पनि विचार गर्ने बताएका छन्।

गोटाबायाले  लेखेका छन्, ‘म विनम्रतापूर्वक मानिसको जीवन र उनीहरूको सम्पत्तिको रक्षाको लागि तपाईंहरू सबैसँग अनुरोध गर्छु।’

राष्ट्रपतिको यो ट्विट श्रीलंकाले गम्भीर चुनौति सामना गरिरहेको समयमा आएको हो। देशमा आर्थिक संकट त पहिलादेखि नै थियो, सोमबार प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि राजनीतिक संकट पनि थपिएको थियो।

श्रीलंकामा सरकार विरोधी आन्दोलन हिंस्रक बनिसकेको छ। देशभर भइरहेको हिंसा र गोलाबारीपछि एक सांसदसहित ८ जनाको मृत्यु भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?