
काठमाडौँ – ललितपुर महानगरपालिकामा मतगणना हुन ढिलाे शुरु हुने भएकाे छ।
मुख्य निर्वाचन अधिकृत किरण प्रसाद शिवाकोटीका अनुसार राजनीतिक दलका प्रतिनिधि नआइपुगेकाले बालेट बक्स खोल्न नपाइएको हो।
उनले अरू सबै तयारी अवस्थामा रहेको बताएका छन्। शनिबार बिहान सर्वदलीय बैठक बसेर ११ बजेदेखि मतगणना शुरु गर्ने भनिएको थियो।
१ लाख २२ हजार ८ सय ९० मतदाता रहेको यो महानगरको मत जावलाखेलस्थित महिला प्रशिक्षण केन्द्रमा गणना हुँदैछ।