
काठमाडाैँ- मध्यपुरथिमि नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी भएका छन्। उनी ९८८ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका प्रकाश थापामगरले ८९४ मत प्राप्त गरेका छन्। वडासदस्यमा भने सोही पार्टीका रविन सिजापति, अम्बिका रजत र सरिता अर्याल विजयी भएका छन्। यसैगरी, वडासदस्यमा कांग्रेसका शेखर थापामगर विजयी भएका छन्।
त्यसैगरी, भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी भएकाे छ।
भक्तपुर नगरपालिका वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी भएका छन्। भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गरेकाे हाे।