भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार सुवेदीले बढाए मतान्तर

भरतपुर महानगरपालिकामा एमाले उम्मेदवार सुवेदीले बढाए मतान्तर
+
-

काठमाडौँ – भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ।

उनले निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी रेणु दाहाललाई ४३ मतले पछाडी पार्दै अग्रता कायम गरेका हुन्।

सुवेदीले ३८९९ मत लिँदा रेणुले ३८५६ मत लिएकी छन्। भने नेपाली कांग्रेसका बागी जगन्नाथ पौडेलले १५४८ मत प्राप्त गरेका छन्।

मतगणनाको सुरुवातमा रेणुले अग्रता लिएकी थिइन्। रेणुको अग्रता हुँदा खासै मतान्तर नभएको भए पनि विजयले अग्रता लिएपछि मतान्तर पनि बढाउँदै गएका हुन्।

यता, उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ४४३१ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ३०४१ मत प्राप्त गरेका छन्।

यतिबेला महानगरपालिकाको वडा नम्बर ३ मा मतगणना भइरहेको छ। वडा अध्यक्षमा नेकपा एमालेका विकास थापाले १५९२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका भरत लामिछानेलाई १०२० मत प्राप्त गरेका छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?