
काठमाडौँ – काठमाडौँ महानगरपालिकामा हालसम्म १५ हजार ५ सय ५१ मत गणना भएको छ।
निर्वाचन आयोगका अनुसार मतगणनामा हालसम्म ५१२ मत पूर्ण रूपमा बदर भएको छ।
काठमाडौँ महानगरपालिकामा अहिले ३,४,५,३१ र ३२ वडाको मतगणना कार्य भइरहेको छ। जसमा १ र २ नम्बर वडाको मत गणना कार्य सकिएको निर्वाचन आयोगले जनाएको छ ।
धेरै मत लिएका मुख्य उम्मेदवार बालेन साह, केशव स्थापित र सिर्जना सिंह बाहेकका अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले क्रमशः कलम १२, तराजु ७१ हलो ५५३, मादल ७, हँसिया र तारा २, चक्का ७, कुखुराको भाले २, हृदय ९, खड्ग ६, सुँगा ३, करुवा २, तीर २, साँचो २, कार २, किताव १०, बाघ १, आधा खोसेला निस्किएको मकैको घोगा १, पुतली १, खरायो २, भुँइकटहर १, गुलावको फूल १, खानेपानीको धारा १७, लाल्टिन १, चिल ४, क्याप २४, तिलहरी १, रिक्सा १, आँखी झ्याल ५३८ र टायरको चुनाव चिन्ह लिएर उठेका मेयरका उम्मेदवारले २ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमार्डौँका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए।
त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६ हजार १७३, गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ६९० मत प्राप्त गरेका छन्।
यसैगरी, अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले क्रमशः तराजु २९१, हलो १,३१४, मादल ५, हँसिया र तारा ३, चक्का ७, कमलको फूल ३, हृदय १, खड्ग १, सुँगा १, करुवा ६, गोलाकार भित्र शंख १, किबोर्डसहितको कम्प्यूटर ४, तीर १, बाघ ४, आधा खोसेलो निकालिएको मकैको घोगो १३, पुतली १, खरायो २, भुँइकटहर १, आँप २, गुलावको फूल २, लौरो ६८५, खानेपानीको धारा १, कैँची १, मुडा ३, जेब्रा ३, लाल्टिन २, घण्टाघर ४, क्याप ४०, अर्ना ६, आँखी झ्याल ६०४ मत प्राप्त गरेका छन्।