
काठमाडौँ – ललितपुरको महाँकाल गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी विजयी भएका छन्।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका केसीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कमला लामा तामाङलाई ५ सय ६८ मतको अन्तरले पराजित गर्दै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
केसीले ३ हजार ४५५ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी तामाङले २ हजार ८८७ मत ल्याएकी छन्।
यस्तै, गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी नेतृ डोल्मा माया गोले निर्वाचित भएकी छन्।
उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेका पुरुशोतम हुमागाईंलाई ४ सय ६५ मत अन्तरमा पराजित गर्दै विजयी भएकी हुन्।