ललितपुरमा चिरिबाबु दोब्बर भन्दाबढी मतले अगाडि

ललितपुरमा चिरिबाबु दोब्बर भन्दाबढी मतले अगाडि
+
-

काठमाडौँ – ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले दोब्बर भन्दाबढी मतले अग्रता कायम गरेका छन्।

सत्तारूढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका महर्जन निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार भन्दा ४ हजार २४४ मतले अगाडि छन्।

यसअघि पनि महानगरको मेयर भएर एक कार्यकाल पूरा गरिसकेका महर्जनले कुल १३ हजार ४२० मत गणना हुँदा ७ हजार ४९६ मत प्राप्त गरेका छन् भने व्यञ्जनकारले ३ हजार २५२ मत प्राप्त गरेका छन्।

राप्रपाका उम्मेदवार अष्टबहादुर शाक्य महर्जन र व्यञ्जनकार भन्दा धेरै मतले पछाडि रहेका छन्।

यसैगरी, उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्यले ३ हजार ८४८ मत प्राप्त गरेकी छन् भने नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्य २ हजार ३५४ मत प्राप्त गरेका छन्।

ललितपुर महानगरपालिका अन्तर्गतका यी वडामा विजयी उम्मेदवारहरूः
वडा नम्बर-१ निर्मल तण्डुकार (स्वतन्त्र)
मत-६६१
वडा नम्बर-२ राजेश महर्जन (नेकपा समाजवादी)
मत-१८३०
वडा नम्बर-३ श्रीगोपाल महर्जन (नेकपा समाजवादी)
मत-१४९६
वडा नम्बर-५ विकासमान श्रेष्ठ (नेकपा एमाले)
मत-१०७९

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?