
काठमाडाैँ- काठमाडौँ महानगरपालिका-५ मा नेकपा एमालेको तर्फबाट वीरेन्द्र प्रजापति विजयी भएका छन्।
प्रजापतिले नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्द्वी रमेश डङ्गोललाई २५३ मतले पछि पार्दै विजयी भएका हुन्। प्रजापतिले एक हजार ८१८ मत प्राप्त गर्दा डङ्गोलले एक हजार ५७५ मत पाए।
त्यसैगरी, सदस्यमा एमालेको तर्फबाट हरिबहादुर महर्जन र कांग्रेसका विजय कर्माचार्य विजय भएका छन्। महिला सदस्यतर्फ कांग्रेसकी मीना सिंह र दलित महिला सदस्यमा आरती सुनुवार विजयी भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।