
काठमाडाैँ- काठमाडौं महानगरपालिका वडा नम्बर चारको वडा अध्यक्षमा दिनेश महर्जन विजयी भएका छन्।
बिहीबार सम्पन्न मतगणनामा नेपाली कांग्रेसका रामप्रसाद सापकोटालाई हराउँदै महर्जन निर्वाचित भएका महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ।
महर्जनले ४ हजार ६०० मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका रामप्रसादले २ हजार २९२ मत प्राप्त गरे।
नेकपा एमालेका महर्जन प्यानलसहित निर्वाचित भएका हुन्।