काठमाडौँ महानगरपालिका २८ र ३० मा कांग्रेस विजयी

काठमाडौँ महानगरपालिका २८ र ३० मा कांग्रेस विजयी
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३० मा नेपाली कांग्रेस विजयी भएको छ।

सो वडामा दलबहादुर कार्कीको प्यानल नै विजय भएको हो।

कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त खड्गीलाई एक हजार १४५ मतान्तरले हराएका हुन्।

कार्कीले दुई हजार ६१ तथा खड्गीले ९१६ मत प्राप्त गरे।

त्यसैगरी, सदस्यमासमेत कांग्रेसका मनोजकुमार डङ्गोल र मिलनकुमार खड्का क्षत्री विजयी भएका हुन्।

महिला सदस्य र दलित महिला सदस्यतर्फ पनि कांग्रेसकै क्रमशः इन्दिरा श्रेष्ठ सिंह र शर्मिला सुडी विजयी भएको काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।

यस्तै, काठमाडौँ महानगरपालिका वडा नम्बर– २८ मा नेपाली कांग्रेसकै भाइराम खड्गी विजयी भएका छन्।

उनले सो वडाको अध्यक्ष पदमा १ हजार २८१ मत लिएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विपेन्द्र खड्कीले १ हजार ७२ मत प्राप्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?