
विष्णु तिवारी
जेठ ७, २०७९

अ
+
अ
अ
-
अगाडि कुदेका सँग भेट हुने होकि
फेरि पनि ढोल जत्रो पेट हुने होकि।।
खुइलिएका हावादारी नपत्याउने भए
काम देखाइ सहरको सेठ हुने होकि।।
पछार्छु सबलाइ भन्ने कुनातिर लागे
नौलो बरु आकाशको जेट हुने होकि।।
बाटो खोजि कतैबाट भित्र छिर्ने दाउ
भत्केको पर्खाल पटि गेट हुने होकि।।
बन्धनको काँचो धागो चङ्गा उडाए
आकाशमा उड्नु अघि चेट हुने होकि।।

