
अ
+
अ
अ
-
काठमाडौँ – सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्षमा लोसपाका विद्दानन्द चौधरी विजयी भएका छन्।
२५ वर्षीय चौधरीले २ हजार ८९५ मतका साथ सो गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सत्यनारायण यादवले १ हजार ७६६ मत ल्याएका छन्।
यस्तै, गाउँपालिका उपाध्यक्षमा भने माओवादी केन्द्रकी राजुदेवी यादव विजयी भएकी छन् ।
उनी २ हजार ४७२ मतका साथ विजयी भएकी हुन्।भने उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रमिलादेवी साहले १ हजार ५९५ मत प्राप्त गरेकी छन्।