
काठमाडौँ – कैलालिको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कूटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा स्कूटरको पछाडि सवार एक युवती गम्भीर घाइते भएकी छन्।
मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया सबिता कँडेल रहेकी छन्।
घाइते भएकी सोही ठाउँ बस्ने २५ वर्षीया जमुना सिहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाईएको छ।
आइतबार बिहान ७ बजे कैलालीको कुचौनीस्थित पूर्व पश्चिम राजमार्गमा से १ त ६८ २७ नम्बरको ट्रयाक्टरले सुदूरपश्चिम प्रदेश ०१–००८ प १७८३ नम्बरको स्कूटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा संलग्न ट्रयाक्टर चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।