
काठमाडौँ – बागलुङ नगरपालिका-३ बोक्सेखाल्टाको एक घरमा आगलागी भएको छ।
गएराति विद्युत् सर्ट हुँदा बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा भीषण आगलागी भएको हो। आगलागीबाट उनको घर पूर्ण नष्ट भएको छ।
घरमा रहेका लत्ताकपडा, खाद्याान्न, नगद र सुनचाँदीसमेत जलेर नष्ट भएको परिवारले जनाएको छ।
रातको समयमा एक्कासी आगलागी भएपछि परिवारले भागेर ज्यान जोगाएको गौतमले बताए।
राति ९ बजेदेखि सुरू भएको आगलागी १ बजेमात्रै नियन्त्रणमा आएको थियो। आगलागीलगत्तै प्रहरीलाई खबर गरेपछि बागलुङ नगरपालिकाको दमकल र प्रहरी तथा स्थानीयवासीको सहायतामा आगो नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।
आगलागीबाट घर पूर्णरूपमा जलेको छ भने ग्यास सिलिन्डर पड्किँदा छिमेकका केही घरमा समेत आगो पुगेको थियो।
घर जलेर भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रनाउरानाले बताए।