प्रेस युनियनको समानन्तर भेला सुरू

प्रेस युनियनको समानन्तर भेला सुरू
+
-

काठमाडौँ – पटक पटक महाधिवेसनको मिति सारेका भन्दै नेपाल प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौँमा समानन्तर भेला सुरू गरेका छन्।

पूर्व निर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेसन तीन महिना पछि अर्थात् १३-१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानन्तर भेला आयोजना गरेका हुन्।

काठमाडौँस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्त भित्र महाधिवेन गर्ने बारेमा छलफल गर्ने सचिव नकुल अर्यालले जानकारी दिएका छन्।

‘बिगत ८ वर्षदेखी युनियनको महाधिवेन हुन सकेको छैन, आजै उदघाटन गर्नुपर्ने अधिवेसन सारेर भदौ १३-१४ पुर्‍याईएको छ,’ भने, ‘महाधिवेसन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको भेलाले महाधिवेसनको मिति तय गर्नेछ।’

उक्त भेलामा बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रीय सल्लाहकार शिव लम्साललगायत पूर्व अध्यक्षहरुको भेला हुँदैछ।

प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पूर्व अध्यक्षहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाउँदै देशैभरीवाट जिल्ला अध्यक्षहरू काठमाडौँ आएका छन्।

सो भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा इत्तरका समर्थक पत्रकारहरुको सहभागीता रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?