चीनको सांघाईमा लकडाउन हटाइँदै

चीनको सांघाईमा लकडाउन हटाइँदै
+
-

एजेन्सी – दुई महिनादेखि कोभिड–१९ को लकडाउनबाट गुज्रेको चीनको सांघाई महानगर पुनः खोल्ने दिशामा अगाडि बढेको छ।

सांघाईमा बुधबारदेखि लकडाउन अन्त्य गर्न लागिएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन्।

संक्रमणका घटना कमी हुन थालेपछि धेरै मानिसहरूलाई उनीहरूको घरबाट बाहिर निस्कन अनुमति दिइएको छ।

गत साता थप व्यवसायहरूलाई फेरि खोल्न अनुमति दिइएको थियो, यद्यपि अधिकांश बासिन्दाहरू उनीहरूको आवास कम्पाउन्डहरूमा सीमित छन्।

सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्दा मास्क लगाउन र भेला नगर्न अनुरोध गर्दै आएको छ। ‘सार्वजनिक रूपमा मास्क लगाउनुहोस्, भेला नगर्नुहोस् र सामाजिक दूरी राख्नुहोस्’, सांघाई महानगरका स्वास्थ्य आयोगका उपनिर्देशक झाओ डन्डनले दैनिक पत्रकार सम्मेलनमा भने।

सामाजिक सञ्जालमा देखिएका केही भिडियोमा सहरको मध्येक्षेमा शक्रबार राति रमाइलो गरिरहेका मानिसहरूलाई प्रहरीले अवरोध गरेर उनीहरूलाई घर जान अनुरोध गरेको देखिन्छ।

उता राजधानी बेइजिङमा भने कोभिडसम्बन्धी कडा प्रतिबन्ध कायमै छ। संक्रमणका केस घटेपनि बेइजिङमा मानिसका गतिविधिमा भने कठोर प्रतिबन्ध लगाइएको छ।

सांघाइका अधिकारीहरूले शनिबार निरन्तर सतर्कता अपनाउन आग्रह गरेका छन्। लकडाउनका कारण साढे २ करोड मानिस बसोबास गर्ने सांघाईमा व्यापार व्यवसाय प्रभावित भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?